पहिरोले घर पुरिँदा पति–पत्नी बेपत्ता, बुहारीले भागेर ज्यान जोगाइन्


२०८२ श्रावण ४ आइतबार ०८:०९ बजे

पर्वत । गए राति पर्वतमा पहिरोले घर पुरिँदा पति–पत्नी बेपत्ता भएका छन् । घटनामा उनीहरुकी बुहारीले भने भागेर ज्यान जोगाएकी छन् ।

मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गए राति आएको पहिरोले  घर पुरिँदा स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ बर्षीया विष्णुमती बिक बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर रामप्रसाद सापकोटाले जानकारी दिए । 

‘पहिरोले राति घर पुरिँदा पति–पत्नी बेपत्ता भएका र बुहारी ३२ बर्षीया पवित्रा बिकले भागेर ज्यान बचाएकी छिन्,’ इन्सपेक्टर सापकोटाले भने, ‘हाम्रो टोली उद्धारको लागि घटनास्थलतिर जाँदैछ ।’ रातिको घटना भएपछि आज बिहान मात्रै प्रहरीलाई जानकारी आएको उनले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७