आज भारी बर्षाको अनुमान छ, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री


२०८२ श्रावण ४ आइतबार ०७:३३ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार देशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले सचेत रहन आह्वान गरेका छन् ।

उनले मौसम विज्ञान विभागले आज (आइतबार) दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको उल्लेख गर्दै अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरेका छन् । 

प्रधानमन्त्री ओलीले मौसमजन्य विपतबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गर्न अपिल गरेका छन् । 

‘अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु । सुरक्षाकर्मीहरूलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् । 

जल तथा मौसम विज्ञान विभाग आज आइतबार दिउँसो देशका तीन प्रदेश; कोशी, बागमती र गण्डकीमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको समेत सम्भावना समेत रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७