मनास्लु क्षेत्र घुम्ने पर्यटकको संख्यामा वृद्धि


२०८२ श्रावण ४ आइतबार ०७:२८ बजे
फाइल फोटो

गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ मा मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक घुम्न पुगेका छन् । 

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का प्रमुख सन्तोष शेरचनका अनुसार गत वर्ष साउनदेखि असार मसान्तसम्म एक वर्षको अवधिमा मनास्लु क्षेत्रमा १२ हजार ५१२ विदेशी पर्यटक घुम्न आएका उनले बताए । ‘यो संख्या हालसम्मकै सर्वाधिक हो, मनास्लु क्षेत्रमा विदेशी पर्यटकको आर्कषण बढ्दै गएको छ’, प्रमुख शेरचनले भने ।

मनास्लु क्षेत्रमा गत आवमा सार्क राष्ट्रका दुई सय ५३ र सार्क राष्ट्रबाहेक अन्य राष्ट्रका १२ हजार हजार दुई सय ४८ विदेशी पर्यटकले भ्रमण गरेका छन् । सोही अवधिमा ११ नेपाली पर्यटकले पनि शुल्क तिरेर मनास्लु क्षेत्रको भ्रमण गरेका छन् ।

मनास्लु क्षेत्रमा आव २०८०/८१  मा नौ हजार ७८३ विदेशी पर्यटकले भ्रमण गरेका थिए । अघिल्लो आवको तुलनामा गत आवमा झण्डै दुई हजार ७२९ बढी पर्यटक मनास्लु क्षेत्र पुगेका थिए ।

‘मनास्लु क्षेत्र जाने पदमार्ग अहिले सहज र सुरक्षित बनेको छ, पदमार्गको प्रचारप्रसार हुँदै गएको छ, त्यहाँ पुग्ने पर्यटकलाई खान र बस्न  सुविधासम्पन्न होटल निर्माण भएकाले पनि पर्यटकको संख्या बढ्न थालेको हो’, एमक्यापका प्रमुख शेरचन उनले भने ।

गत आवमा मनास्लु घुम्न पुग्ने विदेश पर्यटकमध्ये फ्रान्सका सबैभन्दा बढी थिए । फ्रान्सका सात सय ६३ पुरुष र ६ सय ४४ महिलाले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए ।

त्यसबाहेक धेरैजसो जर्मनी, संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड्स, इजरायल, बेलायत, अष्ट्रेलिया, स्पेन, रुस, क्यानडालगायत देशका पर्यटक मनास्लु क्षेत्र पुगेका थिए । मनास्लु क्षेत्रमा आव २०७९/८० मा सात हजार ७५०,  आव २०७८/७९ मा दुई हजार २२२ विदेशी पर्यटक घुम्न आएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७