‘वडाध्यक्ष पार्टी प्रवेश गर्दा खुशी हुन्छौं, पूर्व राष्ट्रपतिलाई नआउनुस् भन्न मिल्छ ?’


२०८२ श्रावण ३ शनिबार २१:५९ बजे

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य आनन्द पोखरेलले पूर्व उपराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा रोक्न नमिल्ने बताएका छन् । च्यासलमा भएको बैठकमा बोल्दै अध्यक्ष केपी ओलीसँग भण्डारीलाई खुल्ला स्वागत गरेर काममा लगाउन आग्रह गरेका हुन् ।

उनले भने, ‘म अध्यक्ष कमरेड केपी ओली र सम्पूर्ण नेतृत्व पंक्तिलाई अनुरोध गर्न चाहन्छु पार्टीमा विधि सम्मत काम गर्न चाहना पार्टीमा पुन क्रियाशिल हुन चाहने पूर्व राष्ट्रपतिलगायत सबैलाई निषेध गरेर होइन खुल्ला स्वागत गरेर काममा लगाउनु पर्छ ।’

‘हामी एउटा वडाध्यक्ष पार्टीमा प्रवेश गर्ने भयो भन्दा खुशी हुन्छौं, स्वागत गर्छौ’ पोखरेलले भने, ‘पूर्व राष्ट्रपति आउँछु काम गर्छु भन्दा नआउनुस् भन्न हुन्न ।’

पार्टीभित्र र बाहिर एमालेमा मनोवैज्ञानिक भावनात्मक, राजनीतिक, सांगठनिक र पार्टीको आन्तरिक एकता मजबुत गर्दै सबै खाले समस्या समाधान गरी पार्टीलाई निर्णायक शक्ति र एकल बहुमतको सरकार बनाउन सक्ने सन्देश दिनुपर्ने बताए ।

उनले भने, ‘दशौँ महाधिवेशनमा जब ७० वर्षे प्रावधान प्रस्तुत भयो पास भयो मैले विश्वास गर्न थालेँ अब नेतृत्वमा नयाँ पुस्ताको आगमन हुनेछ । शङ्कर पोखरेल जस्ता ऊर्जाशील कमरेडहरू अध्यक्ष बन्ने छन्, आशा पलाएको थियो आज आशा गरेकै कमरेडहरूबाटै वर्तमान विधान संशोधनको नयाँ प्रस्ताव बैठकमा प्रस्तुत भए पछि मेरो विगतको विश्वास खण्डित भएको छ ।’ उनले अहिले पेश भएको प्रस्तावले वर्तमान अध्यक्ष केपी ओलीकै निरन्तरताको परिकल्पना गरेको महसुस गरेको बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७