विवादित मुख्य प्रशिक्षक वाइल्डले पठाए राजीनामा

काठमाडौं : नेपाली महिला फुटबल टोलीका विवादित मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन् । उनले बेल्जियमबाटै अखिल नेपाल फुटबल संघ (एन्फा)लाई राजीनामा पठाएका हुन् ।
वाइल्ड गत जेठ २२ गते नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उज्बेकिस्तानमा भएको महिला एसियन कप छनोटमा खेलमा नेपाल पराजित भए लगत्तै वाइल्डले विवादित अभिव्यक्ति दिएका थिए ।
वाइल्डले खेलाडीले आइस नपाएको, कुनै सुविधा नभएको, प्रधानमन्त्रीले फोन गरेर शुभकामना दिँदा खेलाडीमाथि दबाब भएको र खेलाडीहरु पेनाल्टी हान्न समेत तयार नभएको जस्ता विषयमा प्रशिक्षकले बोलेका थिए ।
वाइल्डले खेलाडीले आइस नपाएको, कुनै सुविधा नभएको, प्रधानमन्त्रीले फोन गरेर शुभकामना दिँदा खेलाडीमाथि दबाब भएको र खेलाडीहरु पेनाल्टी हान्न समेत तयार नभएको जस्ता विषयमा प्रशिक्षकले बोलेका थिए ।
वाइल्डले नेपाल पराजित भए लगत्तै अन्तर्वार्तामा भनेका थिए, ‘खेलाडीलाई होस्टेल जस्तो होटलमा राखिएको थियो । खराब खाना थियो । मैले सोधेको थिएँ, बजेटको समस्या हो कि अरू केही हो । मलाई मुख्य प्रशिक्षक त बनाइएको थियो, तर मलाई टिमबाट अलग गरी अर्कै होटलमा राखिएको थियो ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण खेलाडीहरुमा दबाब भएको पनि बताएका थिए ।
भनेका थिए, ‘ बिहान ११ बजे नै प्रधानमन्त्रीसहित व्यक्तिहरूसँग भिडियो कन्फ्रेन्स थियो । यसले खेलाडीलाई अत्यधिक दबाबमा राख्यो । मैले उज्वेकिस्तानी अफिसियललाई सोधेको थिएँ, के तिमीहरूलाई पनि आफ्नो देशका राष्ट्रपतिले फोन गरे ? उत्तर रह्यो, थिएन । रियल म्याड्रिडले च्याम्पियन्स लिग खेल्दा के अध्यक्ष पेरेजले प्रेसमिट राख्छन् त ? राख्दैनन् । यो सबै खेलाडीको फाइदाका लागि भएको थिएन । यो अरूको फाइदाका लागि भएको थियो । नेपालले पहिलो खेल जित्दा त्यस्तै बधाई सन्देश किन आएन ?’
एन्फाले नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डलाई उज्बेकिस्तानमा भएको महिला एसियन कप छनोटका क्रममा भएको घटनाको जानकारी माग गर्दै पत्र पठाएको थियो ।