उमेश अकिञ्चनको कवितासंग्रह ‘सायद किनाराहरू’ सार्वजनिक

म नेता नभएको भए दोहोरी गायक बन्ने थिएँ : रक्षा मन्त्री राई 


२०८२ श्रावण ३ शनिबार २०:४९ बजे

काठमाडौं : कवि उमेश अकिञ्चनको नयाँ कवितासंग्रह ‘सायद किनाराहरू’ को शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ। 

रक्षामन्त्री मानवीर राई, कविहरू श्रवण मुकारुङ, रमेश क्षिजित, विमला तुम्खेवा, अभिनेता जीवन लुईंटेल र समीक्षक राजकुमार बानियाँले कवितासंग्रह विमोचन गरेका हुन् । 

कार्यक्रममा रक्षामन्त्री मानवीर राईले समाजमा सकारात्मक सन्देश फैलाउने र जनचेतना जगाउने कवि तथा साहित्यकारहरू राष्ट्रका मेरुदण्ड भएका बताए । उनले कविताका मध्यमद्वारा समाजमा सकारात्मक चेतना फैलाउने कविहरूको महत्त्वपूर्ण योगदान रहेको भन्दै प्रशंसा गरे । 

मन्त्री राईले भने, ‘कविहरूले समाज परिवर्तनमा उल्लेख्य योगदान गर्नुभएको छ । समाजलाई शान्त बनाउने, सकारात्मक चेतना फैलाउनुका साथै  कविताले देश र समाज चिनाउने गरेको छ । यसैले कवि एवं साहित्यकार  समाजका ऐना पनि हुन् । उहाँहरूको योगदानको सम्मान गर्न आवश्यक छ ।’ 

कविता, कथा वा अन्य कुनै पनि साहित्यिक विधा मनोरञ्जनको साधन मात्र नभई चेतना र सन्देशको संयोजन गर्ने माध्यम भएको भन्दै उनले  यस्ता सिर्जना र सर्जकलाई संस्थागत प्रोत्साहन आवश्यक रहेकामा जोड दिए ।  राजनीतिमा नलागेको भए आफू लोकदोहोरी गायक बन्ने सम्भावना रहेको पनि बताए ।

कवि श्रवण मुकारुङले ‘कवि अकिञ्चनका कवितामा काव्यिक अनुभूति सघन भएर बताए । भने, ‘कविता कुनै धारणाभित्र मात्रै सिमित रहँदैन, किनकि कविता आविष्कार हो । अकिञ्चनले कवितामा नौलो विम्बहरू, भाव र संसारको आविष्कार गरेका छन् ।’

कवि विमला तुम्खेवाले तीन दशकदेखि कविता–कर्ममा तल्लीन कवि अकिञ्चनका कविताले समयको कुरुप पक्षमाथि प्रहार गरे पनि ती अत्यन्तै शालीन ढंगले लेखिएको र तिनले समयसँग संवाद गरेको सुनाइन् ।

‘अकिञ्चनका कविता समयसँग गम्भीर संवादरत छन्,’ तुम्खेवाले भनिन्, ‘उनका कविताका विम्ब नयाँ, प्रयोगशील, प्रभावकारी, कोमल र शालीन छन् । कविले आफ्नो समयको विश्व परिवेश पनि कवितामा लेखेका छन् ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७