दुर्गा प्रसाईलाई साइबर अपराध मुद्दामा सफाइ


२०८२ श्रावण ३ शनिबार १८:४३ बजे
फाइल फोटो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विद्युतीय अपराध (साइबर क्राईम) को आरोपमा सफाई पाएका छन् ।जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई दुईवटा साईबर अपराधको मुद्दामा सफाई दिएको हो ।

न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले छुट्टाछुट्टै दुईवटा मुद्दामा प्रसाईंलाई सफाई दिएको हो । उनीविरुद्ध रोशन सुवेदी र टीका संग्रौलाले जाहेरी दिएपछि प्रहरीले साइबर अपराधको मुद्दा दायर गरेको थियो ।

उनीमाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको र समाजमा घृणा फैलाएको आरोप थियो । यो मुद्दामा सफाई पाए पनि तीनकुने घटनामा संलग्न भएको आरोपमा थुनामा रहेका उनी थुनामुक्त हुन भने पाउने छैनन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७