भुटानविरुद्ध नेपालको गोल बर्षा, पूर्णिमा र मिनाको ‘ह्याट्रिक’

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध गोल बर्षा गर्दै शानदार जित निकालेको छ।आज (शनिबार) बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई ८–० गोलले पराजित गरेको हो ।
यसअघि भुटानसँगको पहिलो खेलमा नेपाल ६–१ ले विजयी भएको थियो । आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ ।
नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ । दुवै खेलमा नेपाल ७–० गोलले विजयी भएको थियो । आयोजक राष्ट्र बंगलादेशसँग पहिलो खेलमा ३–२ गोलले हारेको थियो ।
नेपालले खेलपछि सोमबार बंगलादेशसँग खेल्नेछ । नेपालले ६ खेलबाट १२ अंक बटुलेको छ । ३ खेल खेलेको घरेलु बंगलादेशको ९ अंक छ । लिग चरणपछि शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ ।