मेयर बालेनको चुनौती : गलत भए मलाई जेल हाल (पूर्णपाठ)


२०८१ चैत १२ मंगलबार ०३:५५ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफू गतल भए जेल हाल्न चुनौती दिएका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

‘यति धेरै कानुन मिच्ने, भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने । माथिको कुरा गलत भए मलाई जेल हाल’, मंगलबार (चैत १२) बिहान उनले फेसबुकमा लेखेका छन् । अवैधानिक रूपमा काठमाडौं टावरको नक्सापास गरेको भन्दै गुरागाईंलाई मेयर बालेनले निलम्बन गरेका थिए ।

गुरागाईंमाथि छानबिन गर्न ०८१ पुस १४ गते महानगर प्रमुखस्तरीय निर्णय गरिएको थियो । सोहीअनुसार पुस १६ गते कानुनी सल्लाहकार शेखरप्रसाद पौडेलको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो । १५ दिनभित्र ठोस सुझाव सिफारिस गर्दै प्रतिवेदन बुझाउन समितिलाई हदम्याद तोकिएको थियो । तर, पौडेलले कानुनी सल्लाहकारबाटै राजीनामा दिएपछि गुरागाईंमाथिको छानबिन समितिको औचित्य सकिएको थियो । त्यसपछि पुनः बालेनका सल्लाहकार एवं नेपाल सरकारका पूर्वसचिव शंकर पाण्डेको संयोजकत्वमा अर्को छानबिन समिति गठन गरिएको थियो ।

छानबिन समितिलाई एक महिनाको समयावधि तोकिएको थियो । तर, समितिलाई तोकिएको कार्यजिम्मेवारी (टीओआर) पूरा गर्न समय अपुग भयो । त्यसपछि एकपटक १० दिनको समय थपियो । त्यो अवधिमा पनि समितिले प्रतिवेदन बुझाउन नसकेर थप समय माग्यो । थप समय दिन बालेन असहमत भए । त्यसपछि बालेनले तीन विभागीय प्रमुखलाई आफूअनुकूलको प्रतिवेदन तयार पार्न लगाएका थिए । त्यही प्रतिवेदन मंगलबार सार्वजनिक गरेका हुन् ।

हेर्नुस् प्रतिवेदनको पूर्णपाठ


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७