‘सगरमाथा संवाद’ : को–को हुन्छन् सहभागी ? 


२०८१ चैत ३ आइतबार ०४:१८ बजे
फाइल फोटो

काठमाडौं । नेपाल सरकारले  ‘सगरमाथा संवाद’ मा विश्वभरका ३५० बढी प्रतिष्ठित व्यक्तिहरुलाई निमन्त्रणा गर्ने भएको छ । आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले सगरमाथा संवादबारे जानकारी दिँदै १५० देखि १७५ राष्ट्र प्रमुखको सहभागिता रहने अपेक्षा गरिएको जानकारी दिएका छन् ।

आउँदो वर्ष २०८२ जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने संवादका लागि विदेशस्थित नेपाली राजदूतावासहरू तथा नेपालमा रहेका विभिन्न देशका दूतावासहरूमार्फत निमन्त्रणा पठाइएको जानकारी गराइयो । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले हिमाल र जलवायु परिवर्तनका मुद्दामा नेपालले नेतृत्व लिने उद्देश्यसहित सगरमाथा संवाद अघि बढाइएको बताएका छन् ।

उनका अनुसार वातावरण विनाशका कारण नेपालले व्यहोरेका क्षतिको अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउँदै ‘लस एण्ड ड्यामेज’ (हानि तथा क्षति) सम्बन्धी अधिकारको मागलाई प्राथमिकता दिइनेछ । सगरमाथा संवादको पहिलो दिन हिमनदी संरक्षणका लागि गर्नुपर्ने तात्कालिक कार्यहरू, उच्च पहाडी क्षेत्र र टापुहरूबीचको सम्बन्ध, खाद्य सुरक्षा तथा कृषि पुनरोत्थानका विषयमा छलफल हुनेछ ।

दोस्रो दिन जलवायुजन्य प्रकोप न्यूनीकरण, पुनरोत्थान, तथा हिमाल संरक्षणका प्रयासबारे समीक्षा गरिने छ । तेस्रो दिन भने सहभागीलाइ विशेष हवाइ उडानमार्फत सगरमाथा क्षेत्र अवलोकन गराइनेछ । सरकारले सगरमाथा संवादलाई उच्च प्राथमिकता दिँदै यसलाई समयमै सम्पन्न गर्न आवश्यक तयारी तीव्र बनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७