रघुजी बोल्दा ज्ञानेन्द्रले आपत्ति जनाएपछि संसदमा ‘लफडा’

काम नगर्ने मन्त्री फेर्ने बेला आयो : सांसद पन्त


२०८१ चैत ३ आइतबार २३:२१ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमाले सांसद रघुजी पन्त राजा किन चाहियो ? भन्दै संसदमा प्रश्न गरेका छन् ।  आज (आइतबार) प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले राजतन्त्रको कालखण्डमा घटेका विभिन्न घटनाले नेपालको भविष्यलाई अन्धकारमय बनाएको बताएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आपत्ति जनाउँदा भनाभन समेत भएको छ ।

सांसद  पन्त बोल्दै गर्दा बीचमा उठेर राप्रपा सांसद शाहीले आपत्ति जनाएपछि सभामुखले समय लिएर बोल्न आग्रह गरेका थिए । तर, सांसद शाहीले नमानेपछि सांसद पन्तले आफ्नो समयमा बोल्न आग्रह  गरे । त्यसपछि शाहीले नमानेपछि पन्तले इतिहास पढेर आफूसँग बहस गर्न आउन चेतावनी समेत दिए । ‘मसँग बहस गर्ने हो भने इतिहास पढेर आउनुहोस् । मैले पढेको इतिहास गलत हो भने पुष्टि गर्न आउनुहोस्,’ उनले भने ।

उनले नेपालको संविधानले राजतन्त्र नचिन्ने बताएका छन् । उनले थपे, ‘अहिले संविधानले राजतन्त्र चिन्दैन । त्यसैले संसदमा यस विषयमा छलफल गर्न पाइँदैन । राजतन्त्र इतिहासको विषय भइसक्यो ।’ उनले राजतन्त्र ल्याउने संघर्षका लागि सडकमा उत्रिने वातावरण नबनाउन चेतावनी समेत दिए । सांसद पन्तले काम गर्न नसक्ने मन्त्रीहरू फेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।  पन्तले आफ्नै पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई आग्रह गर्दै काम गर्न नसक्ने मन्त्रीलाई हटाउन भनेका हुन् । 

उनले पूर्व विशिष्टहरूलाई आजीवन सेवा सुविधा दिनेबारे मन्त्रीहरू नबोलेकोबारे उनले आपत्ति जनाएका छन्। ‘विशिष्टहरूलाई सुविधा दिनेबारे डेढ वर्षदेखि कानुन मन्त्रालयमा ड्राफ्ट भइरहेको छ । मन्त्रीजीहरूको पारा देखेर छक्क परिराछु । हिजो प्रकाशमानजीले पाल्पामा भन्नु भयो–यो अहिले भइरहेको छैन । यही कुरा यहाँ संसद्मा आएर भने भयो नि कसरी बनेको, किन बनेको, के कारणले बनेको भनेर ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७