प्रेस चौतारी कञ्चनपुरको अध्यक्षमा गिरी सर्वसम्मत

कञ्चनपुर । प्रेस चौतारी नेपाल कञ्चनपुरको जिल्ला अधिवेशनले मदन गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । कमिटीको उपाध्यक्षमा भूपाल केसी र लक्ष्मी सेठ्ठी निर्वाचित भएका छन् । सचिवमा धनबहादुर बोहरा निर्वाचित भएका छन् भने सहसचिवा माधव पौडेल र विमल बिक निर्वाचित भएका छन् । कोषाध्यक्षमा भवानीदत्त भट्ट (भुवन) चुनिएका छन् ।
सदस्यहरूमा पवन जोशी, सुरेश भट्ट, गणेश जोशी, वीरेन्द्र बाग, सन्तोष धानुक र केशव भट्ट चुनिएका छन् । केन्द्रीय प्रतिनिधिमा राजेन्द्र विष्ट, सुरेश धामी र महेश्वरी जोशी (माया) निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधिमा लक्ष्मण पन्त, धनबहादुर बिक र यमकला पाण्डेय चुनिएका छन् ।