काठमाडौं सुकेधारामा शव फेला, हत्याको आशंका

काठमाडौं । काठमाडौंको सुकेधारामा एक पुरुषको शव फेला परेको छ। धोबीखोला नजिकैको भत्किएको संरचनामा प्रयोगमा नरहेको शौचालयभित्र उक्त शव भेटिएको प्रहरीले जानकारी दिएको छ । शवलाई फोहोर थुप्रोले ढाकेर राखेको प्रहरी बताएको हो।
उक्त शव ओखलढुंगा घर भई काठमाडौं बस्दै आएका ५० वर्षीय अडविर राईको रहेको प्रहरीले जनाएको छ । शवलाई म्याट्रेस, सिरानी, झोला र फोहोर कपडाहरूले छोपेर राखेको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको प्रहरीको भनाइ छ ।
मृतक व्यक्तिको टाउको, निधार र नाकमा धारिलो हतियारले प्रहार गरिएको प्रहरीको भनाइ छ। मृतकको अनुहार र कपालमा रगत लतपतिएको समेत रहेको अनुसन्धानमा खटिएको प्रहरीले जानकारी दिएको छ। यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । शवलाई महाराजगन्ञजस्थित शिक्षण अस्पतालमा राखिएको प्रहरीले जानकारी दियो ।