प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक


२०८१ फाल्गुण १५ बिहीबार १८:४८ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । भोलि (शुक्रबार) साँझ बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री ओलीले बैठक डाकेका हुन् । प्रधानमन्त्रीको सचिवालयले पछिल्लो केही दिनयता सत्तारूढ दलको छलफल राम्रोसँग हुन नसकेकाले बैठक बस्ने जनाएको छ । 

‘नियमित जस्तै संयन्त्रको बैठक बस्दै आएको थियो । बीचमा कार्यदल पनि बस्थ्यो । तर, पछिल्लो समय गृहमन्त्री र परराष्ट्रमन्त्रीको व्यस्तताले प्रभावकारी छलफल भएको छैन’, प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘संसदमा धेरै विधेयकका विषय छन् । कार्यदलस्तरमा पनि छलफल भइरहेको छ । यीसहित सरकारका कामकारबाही, संसद्का विषयमा छलफल गरौं भनेर बस्न खोजिएको हो ।’

नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि मंगलबार साँझ ५ बजे संयन्त्रको बैठक बोलाइएको जानकारी दिएका छन् । ‘प्रधानमन्त्री, हाम्रो सभापतिसहित संयन्त्र, कार्यदल, प्रमुख सचेतकसहितलाई बोलाइएको छ’, घिमिरेले भने, ‘सरकार र संसद्का नियमित कामबारे छलफल हुने जानकारी छ ।’

पछिल्लो समय सत्तारुढ दलहरू ६ वटा अध्यादेश पारित गर्न राष्ट्रियसभामा बहुमत नपुगेर अप्ठ्यारोमा परेका छन् । सरकारले अध्यादेश ल्याए पनि राष्ट्रियसभामा बहुमत नपुगेपछि प्रतिनिधिसभामासमेत प्रस्तुत गरिएको छैन । प्रमुख सचेतक घिमिरले बैठकमा यो विषयमा पनि छलफल हुने बताएका छन् । ‘अध्यादेशका विषयमा त्यस्तो एजेण्डा नै राखेर छलफल गर्ने विषय छैन, तर, शीर्ष तहका नेताबीच छलफल भएपछि अब कसरी अगाडि बढ्ने भनेर केही न केही छलफल होला’, उनले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७