भूकम्पपछिको पुनर्निर्माणले अब तीव्रता पाउँछ : गृहमन्त्री लेखक


२०८१ फाल्गुण १५ बिहीबार १८:३० बजे

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आँकलन, पुनर्निर्माण र पुनःस्थापनालाई तीव्रता दिइएको बताएका छन् ।

सिंहदरबारमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औं बैठकमा गृहमन्त्री लेखकले जाजरकोट, डोटी र बझाङमा भूकम्पपछिको क्षतिको आँकलन, पुनर्निर्माण र पुनःस्थापनालाई सरकारले तीव्र रूपमा अघि बढाएको जानकारी दिए । भूकम्पपछिको पुनर्निर्माण एवं पुनःस्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटनगर्नेे तयारी गरिएको उनले जानकारी दिए ।

‘हामीले बितेको ६ महिनामा विस्तृत क्षति आँकलन र नीजि घरको पुनर्निर्माण एवं पुनःस्थापन गर्न आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापनको काम गरेका छौँ’, गृहमन्त्री लेखकले भने, ‘त्यहाँ  केन्द्रबिन्दु भएर गएका भूकम्पबाट नीजि घरमा भएको क्षति आँकलन गर्ने काम अगाडि बढ्नुका साथै पुनर्निर्माण र पुनःस्थापनको काम अगाडि बढाएका छौँ ।’

मन्त्रालयले गत वर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनर्निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने गरी कार्ययोजना ल्याएको छ । गृहमन्त्री लेखकले आगामी साता बझाङ, अछाम र जाजरकोट पुगेर पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटनका साथै त्यहाँको अवस्थाबारे जानकारी लिने गृह मन्त्रालयले जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७