थप संघीय कर्मचारी कटौती गर्ने ट्रम्पको निर्णय 


२०८१ फाल्गुण १५ बिहीबार १८:३२ बजे

काठमाडौं । अमेरिकामा ट्रम्प प्रशासनले संघीय निकायलाई ठूलो मात्रामा कर्मचारी कटौती गर्न निर्देशन दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकपछि यस्तो निर्देशन दिएका हुन् । ट्रम्पको पहिलो क्याबिनेट बैठकमा सरकारी दक्षता विभागका प्रमुख एलन मस्क पनि उपस्थित थिए, जुन प्रशासनिक लागत कम गर्न स्थापना गरिएको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्प प्रशासनले जारी गरेको नयाँ योजनामा मार्च १३ सम्ममा संघीय कर्मचारीको संख्या कटौती गर्ने योजना बनाइसक्नुपर्ने उल्लेख छ । यद्यपि, संघीय कर्मचारीहरू पहिले नै लागत कटौती गर्ने योजनाबाट प्रभावित भइसकेका छन् ।

नयाँ निर्देशिकामा अब कति कर्मचारी हटाउने भन्ने उल्लेख गरिएको छैन । ट्रम्पका अनुसार क्याबिनेट बैठकमा वातावरण संरक्षण एजेन्सीका प्रशासक ली जेल्दिनले १५ हजार कर्मचारीमध्ये ६५ प्रतिशतलाई हटाउने प्रतिबद्धता जनाएका थिए । बीबीसी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७