विद्यालयको कोठामा चौकीदार मृत भेटिए

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाको असिग्राम माध्यमिक विद्यालयमा एक चौकीदार मृत भेटिएका छन्। शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका ७५ वर्षीय चिमड्या सोती विद्यालयभित्रै मृत फेला परेका हुन् । सोती विद्यालयका चौकीदार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार बिहीबार बिहान विद्यालयको कोठामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो । सोती सोही विद्यालयमा चौकीदारको रुपमा कार्यरत थिए । उनको मृत्युको कारण खुलेको छैन । अहिले घटनास्थलममा इलाका प्रहरी कार्यालय झलारीको टोली पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।