सुनको मूल्य आज पनि घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा हिजो घटेको सुनको मूल्य आज (बिहीबार) थप घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार (फागुन १५) छापावाल सुन प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँ कायम छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।