पौने चार किलो सुनसहित विमानस्थलबाट चार जना पक्राउ


२०८१ फाल्गुण १५ बिहीबार १५:१४ बजे

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने चार किलो सुनसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष रहेको प्रहरीले जनाएको छ । उनीहरु विदेशी नागरिकहरु हुन् । पक्राउ परेकाहरु उज्बेकिस्तानका हुन् ।

उनीहरुको राहदानीमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ छन् । तुर्सुनोभ बाहेक अरु सबै महिला हुन् । फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । उनीहरुमाथि अनसुन्धान भइरहेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले बताएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७