गिरीबन्धु चिया बगानभित्र शव भेटियो


२०८१ फाल्गुण १५ बिहीबार १५:१० बजे
फाइल फोटो

झापा । झापाको बिर्तामोडस्थित गिरीबन्धु चिया बगानभित्र कुहिएको अवस्थामा एक पुरुषको शव भेटिएको छ । बिर्तामोड बसपार्क पूर्वपट्टि फेला परेको मृतक पाँचथर रानीटार–२ का टेकबहादुर गुरुङका छोरा ३८ वर्षीय कुमार गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

मृतकसँग फेला परेको नागरिकता प्रमाणपत्रको आधारमा उनको पहिचान खुलेको प्रहरीले जनाएको छ । उनको शव बिहीबार बिहान ७ बजेतिर भेटिएको थियो । जीउमा लुगा नलगाएको, जिन्स पाइन्ट लगाएको र खुट्टामा जुत्ता लगाएको अवस्थामा भेटिएको थियो ।

शवको अवस्था हेर्दा करिब एक साताअघि मृत्यु भएको आशंका प्रहरीले गरेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७