नेपाल उपविजेतामा सीमित, म्यानमार बन्यो च्याम्पियन 


२०८१ फाल्गुण १४ बुधबार ०९:०३ बजे

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल उपविजेतामा सीमित भएको छ । आज (बुधबार) दशरथ रंगशाला भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि भिडन्तमा घरेलु टोली नेपालले फिफा वरीयतामा आफूभन्दा ४८ स्थानमाथिको म्यानमारसँग २–० गोलको हार ब्यहोरेको छ । 

योसँगै नेपाली महिला टिम १३औं पटक उपविजेतामा सीमित भएको छ । नेपालले सन् २०१० यता १५ वर्षमा १३ फाइनल खेले पनि हालसम्म कुनै पनि उपाधि जित्न सकेको छैन । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १५ हजार ५६८ दर्शकमाझ सम्पन्न खेलमा दुवै गोल म्यानमारले दोस्रो हाफमा गरेको हो ।

बुधबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको दुई मिनेटको अन्तरमा दुई गोल खाएको थियो । खेलको ६२ मिनेटमा म्यानमारले अग्रता लिएको थियो । नो पो खिनले गोल गर्दै घरेलु दर्शकलाई स्तब्ध पारिन् । उनले डिबक्स नजिकबाट बल कुदाएर दोस्रो ब्यार च्याप्दै बललाई जाली चुमाउँदा नेपाल दर्शक शान्त हुन बाध्य भए । 

दुई खेल मिनेटपछि म्यानमारले अग्रता दोब्बर पा¥यो । म्यानमारकी कप्तान विन तुनले डिबक्स नजिकबाट हानेको प्रहार नेपालकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको खुट्टामा लागेर गोल भयो । नेपालकी डिफेन्डर गीता रानाले एन्जिलाको खुट्टाबाट फुत्किएको बल रोक्ने प्रयास गरे पनि सफल हुन सकिनन् । 

त्यसअघि खेलको १० औं मिनेटमा एन्जिलाले यन वादीको प्रहार विफल पारिन् ।२४ मिनेटमा नेपालकी डिफेन्डर विमला विकले गोललाइनबाट बल क्लियर गर्दै नेपालको संकट टारिन् । त्यसअघि म्यानमारकी सान्थ्वाले डिबक्स भित्रबाट सशक्त प्रहार गरेकी थिइन् ।

खेलको ३५ मिनेटमा नेपालले गोल गर्ने सुन्दर मौका खेर फाल्यो । रेखा पौडेलको पासमा सावित्रा भण्डारीले हानेको प्रहार म्यानमारको गोलकिपरले फर्काइन् । रिबाउन्डमा रेखा पौडेल पनि सफल हुन सकिनन् । फेरि सो बल डिबक्समा क्लियर हुन नसके पनि नेपाल फिनिसिङमा चुक्यो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७