आन्दोलनको कार्ययोजना बनाउन नेकपा एसमा भुसालको नेतृत्वमा कार्यदल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारविरुद्ध आन्दोलन गर्नका लागि विस्तृत कार्ययोजना बनाउन कार्यदल गठन गरेको छ । बुधबार बसेको सचिवालय बैठकले महासचिव घनश्याम भुसालको संयोजकत्वमा ८ सदस्यीय आन्दोलन परिचालन तयारी कार्यदल बनाएको हो ।
कार्यदलमा मेटमणि चौधरी, रामकुमार भट्टराई, शेरबहादुर कुँवर, सावित्रा भुसाल, जीवनराम श्रेष्ठ, विजय पौडेल र रामकुमारी झाँक्री सदस्य छन् । भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकले घोषणा गरेको आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन आन्दोलनको कार्य योजना बनाउन जिम्मेवारी कार्यदललाई दिइएको छ ।