झण्डीडाँडाको पर्यटन प्रवर्द्धन गर्न समिति


२०८१ मङ्सिर १४ शुक्रबार २०:२५ बजे

इलाम । इलामको रोङ–६ रम्भ्याङस्थित पर्यटकीयस्थल झण्डीडाँडाको पर्यटन प्रवर्दन गर्न झण्डीडाँडा पर्यटन प्रवर्दधन तथा ब्यवस्थापन समिति गठन भएको छ । रम्भ्याङको धजे भञ्ज्याङमा ६ नम्बर वडा कार्यालयद्वारा आज आयोजित एक भेला ले स्थानीय अगुवा डम्बरबहादुर राईको अध्यक्षता मा समिति गठन गरिएको हो । 

नवगठित समितिको सदस्य सचिवमा रन्जित राई, वडा प्रतिनिधि जीवन राई, स्थानीय उद्योग वाणिज्य संघ प्रतिनिधि जीवन प्रधान, स्वयंसेविका प्रतिनिधि डुकीमाया प्रधान राई, सामुदायिक बन प्रतिनिधि प्रेमकुमारी खड्का चयन भएका छन् । समितिले झण्डीडाँडाको पर्यटन प्रवर्द्धन  र विकास, चेतना बिकास, पर्यापर्यटन, खेल पर्यटन, सांस्कृतिक पर्यटनलगायतलाई अगाडि बढाउन दर्ता प्रक्रिया अगाडि बढाउने सदस्य सचिव राईले बताए । भेला रम्भ्याङ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष आशिष प्रधानको अध्यक्षता र वडाअध्यक्ष सत्यम राई ‘चौरासे’ को प्रमुख आतिथ्यमा भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७