रामेछाप दुर्घटना : वडाध्यक्षसहित पाँच मृतकमध्ये चार जनाको पहिचान


२०८१ मङ्सिर १४ शुक्रबार २०:२० बजे

रामेछाप । रामेछापमा आज (शुक्रबार) दिउँसो सुमो दुर्घटनामा परेर मृत्यु भएका पाँच जनामध्ये चारको पहिचान खुलेको छ । मृत्यु हुनेमा रामेछापको गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेत, मन्थली  नगरपालिका–१० चिसापानीका ३५ वर्षीय हिराबहादुर कार्की र गोकुलगंगा गाउँपालिका–५ का ३० वर्षीया कविता कार्की खड्का रहेका छन् । 

काठमाडौंबाट बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी गोकुलगंगा गाउँपालिका–६ सिमलडाँडामा दुर्घटना भएको हो । कास्कीको लेखनाथ नगरपालिकाका ४२ वर्षीया केशव शर्मा र गोकुलगंगा गाउँपालिका–४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की घाइते भएका छन् । एक जना घाइतेको पहिचान खुलेको छैन । दुर्घटनामा घाइते भएका ३ जनालाई उपचारको लागि मन्थली पठाइएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७