‘सूर्यज्योति सही प्लान’ : कम प्रिमियममा ठूलो रकमको आजीवन बीमा
कम प्रिमियममा ठूलो रकमको आजीवन बीमा गर्न सकिने र तिरेको सम्पूर्ण रकम फिर्ता हुने नेपालकै पहिलो र एक मात्र ‘सूर्यज्योति सही प्लान’
बीमाको नियामक निकाय बीमा प्राधिकरणको तथ्याङ्क अनुसार करिब ४० प्रतिशत भन्दा बढी नेपाली जनता जीवन बीमाको दायरामा रहेका छन् । नेपाली जीवन बीमामा औषत रुपमा बार्षिक करिब ६ लाखदेखि ६ लाख ५० हजारसम्मको कुल बिमांक रकम भएको बीमा गर्ने गरिएको पाइएको छ । आजको महँगी अनि असन्तुलित अर्थतन्त्रको अवस्थामा ६ लाखदेखि ६ लाख ५० हजारसम्मको रकमले मात्र भविष्यमा आईपरेको बेला के आर्थिक सहारा दिन सक्ला र ? बिमितले आफ्नो आम्दानी अनुसारको बीमा नगर्दा भबिष्यमा आईपर्न सक्ने आर्थिक जोखिमको भार बहन गर्न नसक्ने हुनाले समयमै चनाखो हुन जरुरी देखिन्छ ।
समयमा नै सहि निर्णय नलिँदा आफूलगायत सम्पूर्ण परिवार नै आर्थिक सकंटको चपेटामा पर्न जाने सम्भावना पनि धेरै हुन जान्छ । नेपालमा हाल बार्षिक करिब ६ लाखदेखि ६ लाख ५० हजारसम्मको कुल बिमांक रकमको लागि बार्षिक ४० हजारदेखि ४५ हजारसम्मको प्रिमियम बुझाउने गरेको पाइएको छ तर केहि भइपरी आएमा आफू अनि आफ्ना परिवारको आर्थिक सुरक्षाका लागि के सहयोग गर्ला त यति थोरै रकमले ?
हामीलाई भइपरी आउन सक्ने जिम्मेवारीहरु :
– बच्चाहरुको शिक्षाको लागि ।
– आफू र आफ्नो प्रियजनको उज्ज्वल भबिष्यको लागि ।
– घातक रोगहरु बिरुद्धको उपचार खर्च सुबिधाको लागि ।
– भविष्यमा आईपर्न सक्ने आर्थिक जोखिम बहनको लागि ।
– आश्रित परिवारको आर्थिक सुरक्षाको लागि ।
– बुढेसकालको सहाराको लागि ।
यिनै प्रकारका आवश्यकताहरुलाई मध्यनजर गरी सूर्यज्योति लाइफद्वारा भर्खरै ल्याइएको ‘सूर्यज्योति सही प्लान’ रोज्यौं भने त्यति नै बार्षिक ४० देखि ४५ हजार प्रिमियम (उमेर अनुसार प्रिमियम दर फरक पर्न सक्छ) मै लगभग २५ लाखसम्मको बीमा गर्न सक्छौं । जसले तपाईको जीवनमा आईपर्न सक्ने आर्थिक जोखिमको भारमा राहत दिन सक्छ र तपाई अनि तपाईको परिवारको सुनौलो भबिष्यका लागि सहारा हुन सक्छ ।
‘सही सोंचौं, सहि रोजौं’ भन्ने मूल नाराका साथ ल्याइएको यो योजनामा केवल सूर्यज्योतिले मात्र आकर्षक र उत्कृष्ट सुविधाहरु पस्केकै कारण पक्कै पनि हरेक नेपालीहरुको मन मुटुमा अवश्य स्थापित हुने साथै ‘हरेक घर, एक बीमा’ को रुपमा यो योजनाको पहुँच पु¥याउने लक्ष्य सूर्यज्योतिको रहेको छ । यो भन्दा पहिले बीमा लिईसकेको व्यक्तिका लागि पनि ‘सूर्यज्योतिको सही प्लान’ अरु योजनाको तुलनामा एक मात्र यस्तो उपयुक्त योजना हुनसक्छ जसले यी निम्न लिखित फाइदाहरु दिन सक्छ :-
– थोरै प्रिमियममा नै ठूलो बीमा लिन सक्ने ।
– ७० बर्षको उमेर पुगेपश्चात तिरेको सम्पूर्ण रकम फिर्ता हुने ।
– सीमित अवधिसम्म बीमाशुल्क भुक्तानी गरी दीर्घकालीन (आजीवन) रक्षावरण रही रहने ।
– अन्य बचत किसिमको बीमा भन्दा लगभग ५ देखि ६ गुणासम्म आर्थिक सुरक्षा प्रदान गर्ने ।
यो योजना लिँदा ७० बर्षको उमेरपश्चात तिरेको सम्पूर्ण रकम फिर्ता हुने हुँदा आफूलाई बुढेसकालको सहारा हुने अनि आफ्नो परिवारमा आर्थिक समस्या आइपरे त्यसको आर्थिक भार समाधान हुने हुनाले यदि पहिले बीमा लिई सकेको भए पनि यो सहि प्लान तपाईको दोश्रो बीमाको रुपमा खरिद गर्नु निकै नै बुद्धिमानी हुन जान्छ ।
अन्य बीमा योजनामा बीमा अवधि पछि बीमितको रक्षावरण समाप्त हुने तर यो सही प्लान बीमा योजनामा सीमित अवधिसम्म बीमा शुल्क भुक्तानीपश्चात पनि बिमितको दीर्घकालीन (आजीवन) रक्षावरण भइ नै रहने हुन्छ । सही प्लान बीमा योजनामा अन्य बीमा योजनाको जस्तो बीमा रक्षावरण समाप्त हुने चिन्ता हुँदैन ।
सूर्यज्योति लाइफले समयसापेक्ष आफ्ना ग्राहकहरुको हित र सुबिधालाई ध्यानमा राखी नविनतम र परिस्कृत सेवा पस्किँदै आईरहेको छ । नेपालको जीवन बीमा क्षेत्रमा सूर्यज्योति लाइफ इन्सोरेन्सले तिहारको अवसर पारी पहिलो पटक कम प्रिमियममा सर्बाधिक आजीवन सुरक्षा प्रदान गर्ने एक मात्र बीमा योजना ‘सूर्यज्योति सही प्लान’ पस्कन सफल भएको हो ।
यो बीमा योजनामा अन्य जीवन बीमा कम्पनी भन्दा भिन्न र उत्कृष्ट सुबिधाहरु र बिशेषताहरु भएकोले नै सूर्यज्योति ‘सही प्लान’ ले नेपाली जीवन बीमा बजारमा छिट्टै नै आफ्नो स्थान पाउनेमा कम्पनी ढुक्क रहेको छ । आफूलाई र आफ्नो शेषपछि आफ्ना सन्ततिको उज्ज्वल भबिष्य निर्माणका लागि उपयोगी हुने हुनाले यो नै सर्वोउत्कृष्ट सहि बीमा योजना हो ।
यो बीमा योजना अन्तर्गत बिमितले ऐच्छिक तथा अतिरिक्त सुविधाहरु पनि रहेका छन् :-
–दुर्घटनाको कारण मृत्यु भएमा दोहोरो बीमा लाभ लिन सकिने र दुर्घटनाबाट पूर्ण अशक्त भएमा बाँकी अवधिको बीमाशुल्कमा पूर्ण छुट हुने ।
–बिमाङ्कको आधारमा कम्तिमा १० बर्षसम्म मासिक अशक्त सुबिधा प्रदान गरिने ।
–नेपालमै सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको आर्थिक सुरक्षा लिन सकिने ।
–आफूलाई आवश्यक परेको बेलामा सहुलियत दरमा नियमानुसार सुलभ दरमै ऋण लिन सकिने ।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरी उत्कृष्ट सेवा दिंदै छोटो समयमै उल्लेखनीय उपलब्धिहरु हासिल गरिसकेको छ । कम्पनीले जीवन बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरुविरुद्ध ५० लाखसम्मको उपचार खर्चको सुबिधा प्रदान गर्ने एक मात्र पहिलो कम्पनी बन्दै पहिलो आइएसओ ९००१–२०१५ द्वारा बिभूषण प्राप्त गर्ने एक मात्र जीवन बीमा कम्पनी बन्न सफल पनि भएको छ ।
- Advertorial