रामेछापमा फोर्स गाडी दुर्घटना, पाँच जनाको घटनास्थलमै मृत्यु


२०८१ मङ्सिर १४ शुक्रबार १८:४१ बजे

रामेछाप । रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको गोकुलगंगा गाउँपालिका–६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना भएको हो ।

१४ सिट क्षमता भएको उक्त गाडीमा ८ जना सवार रहेको भन्दै रामेछापका डीएसपी प्रदीप सिंहले पाँच जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ३ जना गम्भीर घाइते भएको जानकारी दिए । मृत्यु हुनेमा २ पुरुष, २ जना महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ ।गाडी सडकबाट करिब ३०० मिटर तल खसेको छ । थप विवरण आउन बाँकी छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७