भित्र रविको बयान, बाहिर भेट्ने प्रतिक्षामा निकिता
काठमाडौं । काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान भइरहेको छ ।
उनको सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान भइरहेको हो । यसैबीच रविलाई भेट्न रवि पत्नी निकिता पौडेल लामिछाने पनि सरकारी वकिलको कार्यालयमा पुगेकी छिन् । श्रीमानलाई भेट्ने आशमा उनी बाहिर कुरेर बसिरहेकी हुन् ।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई हिजो काठमाडौं ल्याइएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि उनी कास्की जिल्ला प्रहरीको हिरासतमा छन् । शुक्रबार लामिछानेको बयान जारी रहँदा उनकी पत्नी निकिता पनि सरकारी वकिलको कार्यालयमा उपस्थित भएकी छन् ।