सभामुख घिमिरे कम्बोडियामा (तस्वीरहरु)
काठमाडौं । सभामुख देवराज घिमिरे कम्बोडिया पुगेका छन् । सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११ औं सम्मेलन (आईपीटीपी) मा सहभागी हुन सभामुख घिमिरे शनिबार बिहान कम्बोडिया पुगेका हुन् ।
उनलाई नोम पेन्ह अन्तर्राष्ट्रिय विमानस्थलमा कम्बोडियाका सांसदले स्वागत गरेका छन् । सभामुख घिमिरेले आफूलाई स्वागत गरिएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक पनि गरेका छन् ।
आज मंसिर ८ देखि ११ गतेसम्म कम्बोडियाको राजधानी नोम पेन्हमा आयोजना हुने सम्मेलनको पूर्णसत्र सहभागी हुन पाँच सदस्यीय संसदीय प्रतिनिधि मण्डलसहित सभामुख घिमिरे शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गरेका थिए । उनले नेपालले शान्ति प्रक्रियामा गरेको प्रगति सम्मेलनमार्फत अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने छन् ।