वायनाड उपनिर्वाचन : प्रियंका गान्धीको फराकिलो अग्रता


२०८१ मङ्सिर ८ शनिबार १४:५२ बजे

काठमाडौं । केरलको वायनाड लोकसभा उपनिर्वाचनको मत गणना चलिरहेको छ । भारतमा महाराष्ट्र र झारखण्ड विधानसभा चुनावसँगै वायनाड लोकसभा उपचुनावको मतगणना पनि शनिबार बिहानदेखि सुरू भएको हो । भारतको निर्वाचन आयोगका अनुसार त्यहाँ कंग्रेस आईकी प्रियंका गान्धीले फराकिलो अग्रता बनाएकी छन् ।

उनले बिहान १० बजेसम्म ६८ हजार ९१७ मत प्राप्त गरेकी छन् । कम्युनिस्ट पार्टी अफ इन्डियाका सथ्यन मोकेरीले २० हजार ६७८ मत ल्याएर दोस्रो स्थानमा छन् । भारतीय जनता पार्टीकी नाभ्या हरिदासले ११ हजार २३५ मत ल्याएकी छन्।

प्रियंका कंग्रेस नेता राहुल गान्धीकी बहिनी हुन् । गत असारमा सम्पन्न लोकसभा चुनावमा राहुल गान्धी उत्तर प्रदेशको रायबरेली र केरलको वायनाड दुवै क्षेत्रबाट विजयी भएका थिए । दुईमध्ये एउटा क्षेत्र छाड्नु पर्ने भएपछि गान्धीले वायनाड छाडेर आफ्नी बहिनीलाई उम्मेदवार बनाएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७