संबिधानको मर्म विपरित न्यायाधीश नियुक्ति गरिएको भन्दै आपत्ती


२०८१ असोज १३ आइतबार ०२:०६ बजे

काठमाडौं : आदिवासी कानुन व्यवसायी संघले संबिधानको मर्म विपरित तीन तहको न्यायधीय नियुक्ती गरिएको भन्दै आपत्ती प्रकट गरेको छ । न्याय परिषद्ले न्यायपालिका तीन तह जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतमा नियुक्ती सिफारिस गर्दा संबिधानको मर्म विपरित गरेको भन्दै संघले आपत्ती प्रकट गरेको हो । 

संघका अध्यक्ष परिवर्तन राईले प्रेस विज्ञप्ति जारी गरेर न्यायपालिकाले ‘न्यायाधीश नियुक्तिको प्रकृया सम्बन्धी निर्देशिका, २०७९’ विपरित न्यायधीस नियुक्त गरेको जनाएका हुन् । नेपालको संबिधानको मर्म विपरित नियुक्ती गरिएको कारण नियुक्ती खारेज गरिनु पर्ने संघको माग छ । 

अध्यक्ष राईले संबिधान नियुक्ती समानुपातिक समावेशिताको आधारमा गर्न माग गरे । अध्यक्ष राईले भने, ‘न्याय परिषद्को नियुक्ती संबिधानको मर्म र न्यायाधीश नियुक्तिको प्रकृया सम्बन्धी निर्देशिका, २०७९ विपरित छ । यो खारेज हुनुपर्छ ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७