बाढी–पहिरोमा मृत्यु हुनेको संख्या १७० पुग्यो


२०८१ असोज १३ आइतबार २३:२३ बजे

काठमाडौं । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १७० पुगेको छ ।गृह मन्त्रालयका अनुसार आइतबार राति ७ः ३० बजेसम्मको अपडेट अनुसार १७० जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, ४२ जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट उद्धार गरिएका १११ जना घाइते रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आइतबार काभ्रे, सिन्धुली, ललितपुरलगायतका जिल्लाबाट १६२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।  काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगा नजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७