नेपालसहित विभिन्न देशका ३२ स्थानमा यस्तो छ दशैं टीकाको साइत (साइतसहित)


२०८१ असोज १३ आइतबार २३:२९ बजे

काठमाडौं । नेपालसहित नेपालीहरु रहेका विभिन्न देशमा स्थानीय समयअनुसार विजया दशमीमा टीकाको साइत सार्वजनिक भएको छ ।  अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आइतबार नेपालसहित विभिन्न देशका ३२ स्थानमा स्थानीय समयअनुसार टीकाको साइत सार्वजनिक गरेको हो । 

भारत, अमेरिकाका विभिन्न स्थान, क्यानडा, अस्ट्रेलिया, जापान, बेलायत, दक्षिण कोरिया, इजरायलसहित विभिन्न खाडी मुलुकहरुमा रहेका नेपालीहरुले टीको साइतबारे चासो राखेकाले स्थानीय समयअनुसार टीकाको साइत जानकारी गराइएको समिति सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य लक्ष्मण पन्थीद्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ । 

सार्वजनिक समय टीकाका लागि सबैभन्दा उपयुक्त रहेपनि उक्त दिनभर नै टीका ग्रहण गर्न सकिने समितिले जनाएको छ । यो वर्ष विजया दशमी असोज २६ गते शनिबार परेको छ । नेपालमा भने टीकाको उत्तम साइत बिहान ११ः३६ बजे रहेको समितिले उल्लेख गरेको छ । 
हेर्नुस् साइत


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७