विपदले समस्यामा परेकाहरुको उद्धारमा नेपाली सेना {फोटो फिचर}

काभ्रेमा बाढी र पहिरोबाट ३१ जनाको मृत्यु, १९ बेपत्ता


२०८१ असोज १३ आइतबार २२:०५ बजे
तस्वीर सौजन्य : नेपाली सेना

काठमाडौं । काभ्रेपलाञ्चोकमा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या आइतबार दिउँसोसम्म ३१ पुगेको छ । त्यसैगरी १९ जना बेपत्ता छन् । बाढी र पहिरोमा ४२ घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

शुक्रबारदेखि परेको वर्षातले जिल्लामा ठूलो धनजनको क्षति भएको हो । प्रभावित क्षेत्रबाट हेलिकप्टर प्रयोग गरी ९४ जनाको उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरद्वारा काभ्रेपलाञ्चोक जिल्लाको मंगलटार इलाकाबाट १२२ जना, पनौतीबाट ४ जना, तेमाल इलाकाबाट ८ जना तथा सिन्धुपाल्चोक जिल्लाको चौरीदेउराली-दोलालघाट इलाकाबाट ३ जना गरी आश्विन १३ गते जम्मा १३७ जनाको सकुशल उद्धार गरेको छ ।

बिपी राजमार्गमा अलपत्र करिब १५ सय यात्रुको उद्धार
बाढी पहिरोका कारण बिपी राजमार्गमा अलपत्र परेका करिब एक हजार ५०० यात्रुको उद्धार गरिएको छ । बिपी राजमार्गअन्तर्ग काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ९ र ११ स्थित भ्याकुरे खोलामा अलपत्र परेका यात्रुहरुलाई सुरक्षाकर्मीहरुले स्थानीयको सहयोगमा उद्धार गरेको नेपाली सेनाले जानकारी दिएको छ ।

नेपाली सेनाका अनुसार काठमाडौँतर्फ आउने करिब १२ सय र सिन्धुलीतर्फ जाने करिब ३०० यात्रुलाई उद्धार गरिएको हो । त्यसैगरी सिन्धुलीको सुनकोशी गाउँपालिका– ७ कानढुङ्ग्रीमा अवरुद्ध भएको बिपी राजमार्गको पहिरो हटाएर भासिएको सडक नजिकै वैकल्पिक बाटो निर्माण गरिएको सेनाले जनाएको छ । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७