अध्यक्ष निवासमा योजना बनाउँदै माओवादी नेताहरु


२०८१ असोज १३ आइतबार २१:१२ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी छ । बैठक अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी निवास खुमलटारमा बसिरहेको छ । बैठकमा अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल भइरहेको छ । माओवादी केन्द्रले हिजै प्रभावितको उद्धार र राहत कार्यमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिएको थियो ।

अध्यक्ष प्रचण्डले आजका लागि सर्वदलीय वैठक समेत आह्वान गरेका थिए । तर, आज नै सरकारले समेत सर्वदलीय वैठक बोलाएका कारण पुनः स्थगित गरेका थिए । आजको छलफलमा बाढी–पहिरो र डुबान पीडितहरुको उद्धार, राहत र पुनः स्थापनालगायतका विषयमा छलफल गरी योवजना तयारी गरिने नेताहरुले बताएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७