दशैं बोनस बाढीपीडितलाई उपलब्ध गराउन सांसद साहको माग 


२०८१ असोज १३ आइतबार २०:०५ बजे

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले चाडपर्वमा दिइने दशैं बोनस रोकेर बाढीपहिरो पीडितलाई दिनुपर्ने माग गरेका छन् ।  सिंहदरबारस्थित आजपा संसदीय दलको कार्यालयमा पत्रकारसंग कुराकानी गर्दै उनले बाढीपहिरो पीडितलाई तत्काल बस्ने, खाने बिषयमा ध्यान दिनुपर्ने भए पनि सरकारले उद्धार गर्नमा समेत असफल भएको टिप्पणी गरे । पूर्वसूचना हुँदाहुदै पनि सरकारले पीडितको उद्धारमा ध्यान नदिँदा धेरै नागरिकले ज्यान गुमाउनु परेको बताए ।  

‘विश्वमै १२ महिनाको एक बर्ष हुन्छ । तर यहाँ नेताहरुले १३ महिनाको तलब लिन्छन् । महिनामा २१÷२२ दिन काम गरेर विदाको दिन घरमै बस्ने र विदाको समेत तलब खाने गरेका छन् । चाडपर्व वातप एक महिनाको तलब लिन्छन्’ आजपा अध्यक्ष साहले भने, ‘त्यो एक महिनाको अतिरिक्त तलब रोकेर बाढीपहिरो पीडितलाई दिन मेरो अनुरोध छ ।’ 

सरकारले देशैभरीका कर्मचारीलाई चाडपर्व वापत दिने एक महिनाको अतिरिक्त रकम ३० अर्बभन्दा बढी हुने भएकाले त्यो रकमले बाढीपहिरो पीडितको घर निर्माण, खाना लगायतका क्षेत्रमा खर्च गर्दा राम्रो हुने उनले सुझाव दिएका छन् ।  
सरकारलाई बाढीपहिरोको पूर्वसूचना हुँदा हुँदै पनि सयौं सर्वसधारण मान्छेले ज्यान गुमाएको र पीडितहरुले गुहार माग्दा समेत सरकारले उद्धार गर्न नसकेको उनले बताए ।

त्रिशुलीमा मान्छेसहित बस बेपता भएको महिनौ वित्दा समेत सरकारले त्यसको खोजतलास गर्न नसकेको आरोप लगाए । बाढीपहिरो पीडितको उद्धार गर्न असफल भएको सरकारले उनीहरुको व्यवस्थापन गर्नमा समेत असफल देखिएकाले कुर्सीमा एक मिनेट पनि बस्ने नैतिक अधिकार नभएकाले राजीनामा गर्न उनले सुझाव दिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७