दुई दिनको पानीले दुई–तिहाइ सरकारको औकात देखाइ दियो : रास्वपा

‘विपदमा पनि सरकार रवि, रास्वपा र सहकारीमै अड्कियो’


२०८१ असोज १३ आइतबार १९:१२ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई दिनको पानीले दुई तिहाइको सरकारको औकात देखाइएको भन्दै टिप्पणी गरेका छन् । आज (आइतबार) बसेको रास्वपा केन्द्रीय समितिको बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले दुई दिनको पानीले दुई तिहाइको सरकारको औकात देखाइ दिएको टिप्पणी गरेका हुन् ।

‘दुई तिहाइको सरकार सक्षम र यस्ता विपदहरूसँग लड्छ भन्ने आशा थियो, हर्क, बालेन र कुलमान जस्ता नेताहरूलाई लखेट्न मात्र बनेको रहेछ,’ उनले भने, ‘मान्छे मरिसकेपछि मोबाइलमा रिङटोन राखेर राज्य संयन्त्रको भूमिका देखिँदैन । यो गठबन्ध गैरजिम्मेवार भएको देखियो ।’

यसअघिको गठबन्धन सरकारले रास्वपाको सभापति रवि लामिछाने गृहमन्त्री हुँदा असोज १७ गतेसम्म बाढ ीपहिरोको जोखिम हुने र सतर्कता अपनाउनका लागि भनेको पनि उनले बताएका छन् । तर त्यसलाई वर्तमान सरकारले कार्यान्वयन गर्न नसक्दा पनि यतिधेरै क्षति ब्यहोर्नुपरेको उनको भनाइ छ ।

बैठकका निर्णय सुनाउँदै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले प्राकृतिक विपत्ति आउँदा समेत राज्य तयार नहुनु दुःखद् रहेको जिकिर गरे । ‘सरकार, गठबन्धन, गठबन्धनमा आबद्ध राजनीतिक दल र कार्यकर्ता सबै यही तीन वटाको सबैको राजनीति भनेको तीन खम्बामा अड्किएको छ । रवि, रास्वपा र सहकारी,’ उनले थपे, ‘अरु त्यो बाहेक कसैले केही सोचिरहेको नै थिएन । त्यसैले गर्दा होला, यस्तो प्राकृतिक विपत्ति आउँदा कोही तयार नै थिएन । आवश्यक परेको बेलामा के गर्नुपर्छ सरकारी संयन्त्रले भन्ने कुरामा चुक्यो ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७