बाढी–पहिरो र डुबान : मृत्यु हुनेको संख्या १४८ पुग्यो, अझै ५५ जना बेपत्ता


२०८१ असोज १३ आइतबार १९:१० बजे

काठमाडौं । बिहीबारदेखि परेको लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या १४८ पुगेको छ । शुक्रबार आएको बाढी–पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुगेको नेपाल प्रहरीले जनाएको छ ।

त्यस्तै ५५ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी जारी छ । यसैबीच नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले ३ हजार ६६१ जना भन्दा बढीको उद्धार गरेको छ । उद्धारको क्रममा १०१ जना घाइते समेत छन् । विभिन्न ठाउँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत पनि उद्धारको काम भइरहेको छ ।

त्यस्तै मुख्य राजमार्गहरू अझै अवरूद्ध नै छन् । काठमाडौं भित्रिने नाका पृथ्वी राजमार्गस्थित धादिङको झ्याप्ले खोलामा पहिरो जाँदा अवरूद्ध छ ।  त्यहाँबाट मात्रै दुई दिनमा ३५ जनाको शव फेला परेको हो । त्यहाँ चार वटा गाडी पहिरोमा पुरिएका हुन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७