रास्वपाको महाधिवेशन चितवनमा हुने 


२०८१ असोज १३ आइतबार १९:११ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाविधेशन चितवनमा गर्ने निर्णय भएको छ । काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा आइतबार बसेको केन्द्रीय समितिको बैठकबाट महाधिवेशन चितवनमा गर्ने निर्णय गरिएको कार्यवहाक प्रवक्ता मनीष झाले जानकारी दिए ।

महाधिवेशन आउँदो वैशाख २५, २६ र २७ गते गर्ने राष्ट्रिय भेलाबाट यसअघि नै निर्णय गरिएको छ । महाधिवेशनको उपसमिति गठनको जिम्मेवारी कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिइएको झाले जानकारी गराएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७