बाढी–पहिरोबाट अहिलेसम्म १२९ जनाको मृत्यु


२०८१ असोज १३ आइतबार १७:१३ बजे

काठमाडौं । बाढी–पहिरो र डुबानमा परी हालसम्म १२९ जनाको मृत्यु भएको छ भने ६२ जना बेपत्ता भएका छन् । नेपाल प्रहरीका अनुसार विपदमा परी ८६ जना घाइते भएका छन् भने अहिलेसम्म ३,२६६ भन्दा बढीको उद्धार गरिएको छ ।

बाढी पहिरोमा परी सबैभन्दा बढी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रेमा १०, मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बु, पाँचथ र भक्तपुरमा ५–५ जनाको ज्यान गएको छ । बाढी पहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि २० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ  ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७