झ्याप्लेखोला पहिरो अपडेट : मृत्तकको संख्या ३५ पुग्यो, थप पाँच शव भेटिए


२०८१ असोज १३ आइतबार १७:१३ बजे

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा तीन वटा गाडी पुरिँदा अहिलेसम्म ३५ जनाको मृत्यु भएको पुष्टि भएको छ । उक्त पहिरोमा एउटा बस र दुईटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।  झ्याप्लेखोलाको पहिरोमा बससँगै पुरिएको अवस्थामा थप पाँच शव भेटिएका छन् ।

यो समेत आजै भेटिएका शवको संख्या २१ पुगेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ ।

सशस्त्र प्रहरी बल, नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा पुरिएको हो । डीएसपी थापाका अनुसार उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ ।

पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको उनले बताए । त्यही पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा पुरिएको अवस्थामा फेला परेको छ । उक्त बसबाट ८ जनाको शव निकालिएको छ ।

त्यसैगरी बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ । माइक्रोबसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ । घटनास्थलमा उत्खनन जारी रहेको प्रहरीले जनाएको छ ।  भेटिएका शवमध्ये अहिलेसम्म १३ जनाको मात्र परिचय खुलेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७