बिरामी बोकेको एम्बुलेन्स पहिरोले बाटोमै रोकियो, दुई बिरामीको गयो ज्यान


२०८१ असोज १३ आइतबार १७:१० बजे
फाइल फोटो

काठमाडौं । पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिँदा दुई बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका–८ का ४५ वर्षीय मानबहादुर सिंजाली रहेको सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । 

उनका अनुसार उनीहरू शुक्रबारदेखि नै सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जास्थित टुपीडाँडा भन्ने ठाउँमा एम्बुलेन्स अड्किएका थिए । मृत्यु हुनेमध्ये सिंजाली मिर्गौलाको बिरामी रहेको पाइएको एसपी काफ्लेले बताए । भुजेललाई बा २१ च ७५२३ नम्बरको र सिंजालीलाई ज १ च १७०८ नम्बरको एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं ल्याइँदै थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७