सरकारले सबै परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल


२०८१ असोज १३ आइतबार १६:०४ बजे
फाइल फोटो

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्यका साथ उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताएका छन् ।

चीन भ्रमण पूरा गरी आज दिउँसो स्वदेश फर्किएका उनले समस्या समाधानका लागि सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गरे । उनी विमानस्थलमा ओर्लिएपछि सिधै मन्त्रालय पुगी छलफलमा जुटेका थिए । अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा यही असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७