उद्धार र राहत वितरणमा जुट्ने एमालेको निर्णय


२०८१ असोज १३ आइतबार १६:०३ बजे

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले अविरल वर्षापछिको बाढी र पहिरो पीडितको उद्धार र राहत विरतणको कार्यमा जुट्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रित कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको संयुक्त बैठकले पीडितको उद्धार र राहतमा जुट्ने निर्णय गरेको हो ।

बैठकले पार्टीका कमिटीहरूलाई डुबान  र पहिरो पीडितको उद्धार र राहतमा लगाउने निर्णय गरेको हो । पीडितको पक्षमा प्रभावकारी काम गर्न पनि पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ । एमालेले आगामी १६ असोजसम्म शुभकामना आदानप्रादनहरु स्थगित गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७