अमेरिकाबाट प्रधानमन्त्रीको : विपदका बेला हवाई भाडा महँगो नलिनू


२०८१ असोज १३ आइतबार १६:०७ बजे
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपदको समयमा हवाई भाडा महँगो नलिन एयरलाइन्स कम्पनीहरूलाई आग्रह गरेका छन् । अमेरिकामा रहेका प्रधानमन्त्रीले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै हवाई भाडा महँगो नलिन आग्रह गरेका हुन् । 

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा हाल अमेरिकाको न्युयोर्कमा छन् । उनले लेखेका छन्, ‘लगातारको वर्षा र बाढी–पहिरोले सडक यातायात अवरुद्ध हुँदा अत्यावश्यक यात्रामा पनि अप्ठेरो परेको छ । हवाई भाडा अरु बेला भन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ । हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरुसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नु हुन अनुरोध छ ।’  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७