पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्यु, २४ घण्टासम्म पनि पुगेन उद्धार टोली


२०८१ असोज १३ आइतबार १६:०५ बजे
सांकेतिक तस्वीर

सिन्धुपाल्चोक । घर माथिबाट पहिरो खस्दा सिन्धुपाल्चोकका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोले पुरिएका लिसङ्खुपाखर गाउँपालिका–३, गुरुङमाराङ टोलकी तृसना मोक्तानसहित दुई नाबालक छोराछोरीको मृत्यु भएको हो । 

असोज ११ शुक्रबार राति खसेको पहिरोले उनीहरूको घर पुरेको थियो । पहिरो खसेको २४ घण्टासम्म उद्धार टोली नपुगेपछि स्थानीयको प्रयासमा उनीहरुको शव निकालिएको जनाइएको छ । हिजो बिहान खसेको पहिरोले मोक्तानको घर पुरेको थियो ।

लगत्तै स्थानीयले प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए । तर, राज्यका तर्फबाट कोही पनि नगएपछि स्थानीय आफै उद्धारमा खटिएकोमा हिजो बेलुका एउटा शव निकालिएको थियो । आज बिहान तृसना र छोरीको शव भेटिएको स्थानीय उत्तर बहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार अहिलेसम्म पनि प्रहरी पुगेको छैन । मृतक तृसना सोही वडामा रहेको श्री तार लामो विद्यालयको प्रावि शिक्षिका थिइन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७