हेलिकप्टरमार्फत बाढी–पहिरोमा परेका १६१ जनाको सकुशल उद्धार

बाढी–पहिरो र डुबानबाट हालसम्म १०७ जनाको मृत्यु


२०८१ असोज १३ आइतबार १५:१६ बजे
उद्धारमा हेलिकप्टर परिचालन ...। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा राजमार्गसँगको सडक सम्पर्क विच्छेद भएपछि उक्त क्षेत्रमा फसेकाको उद्धारका लागि परिचालन गरिएको नेपाली सेनाका दुई हेलिकप्टर र धुलिखलमा ओर्लिएका हवाई यात्रु । तस्वीर : राजकुमार पराजुली / रासस

काठमाडौं । गृह मन्त्रालयले आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेका १६१ जनाको सकुशल उद्धार गरेको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले आज बिहानसम्म काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए । शनिबार नै त्यहाँ हेलिकप्टर पठाइए पनि उद्धार गर्न सकिएको थिएन । काभे्रपलाञ्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार जारी राखेको छ । 

मन्त्रालयका अनुसार शनिबार काठमाडौंँ उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढी पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताए । 

मन्त्रालयका अनुसार बाढीपहिरो र डुबानबाट हालसम्म एक सय सात जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् ।  गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक यथाशीर्घ सञ्चालनमा ल्याउन तदारुकपताका साथ लाग्न निर्देशन दिइसकेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७