घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?


२०८१ असोज १३ आइतबार १४:१४ बजे

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ६१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६० हजार छ सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ५५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय ४५ निर्धारण भएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७