झ्याप्ले खोला पहिरो अपडेट : पुरिएका १३ शव निकालियो


२०८१ असोज १३ आइतबार १४:१२ बजे

धदिङ । धादिङस्थित झ्याप्ले खोलामा पुरिएका १३ जनाको शव निकालिएको छ । पुरिएको अवस्थामा निकालिएका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधा मात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धार जारी राखेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७