वनस्थलीमा नालीमा मोटरसाइकल खस्दा सिन्धुपाल्चोकका १९ वर्षीय युवक बेपत्ता (अपडेट)


२०८१ असोज ११ शुक्रबार २३:०४ बजे

काठमाडौं । काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोकमा नालामा मोटरसाइकल खस्दा बेपत्ता युवकको खोजी जारी छ । बागमती प्रदेश ०२–०१८ प २९७३ नम्बरको हिरो मोटरसाइकल नालीमा खसेको हो । 

सिन्धुपाल्चोक घर भई हाल रानीवन बस्ने १९ वर्षीय राजन श्रेष्ठ सवार मोटरसाइकल नालामा खसेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । मोटरसाइकल भेटिए पनि चालक अझै बेपत्ता छन् । नेपाल प्रहरीको विपद् व्यवस्थापन टोलीले खोजी जारी राखेको छ । बुधबारदेखिकै वर्षाका कारण काठमाडौं उपत्यकाका सडकमा भल बगेको छ । जसका कारण जनजीवन प्रभावित भएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७