युद्धग्रस्त लेबनानमा रहेका नेपालीलाई सरकारले गर्‍यो यस्तो आग्रह


२०८१ असोज ११ शुक्रबार २३:०८ बजे

काठमाडौं । सरकारले युद्धगस्त लेबनानमा रहेका नेपालीहरुलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ ।इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै कुनै समस्या परेमा कायरोस्थित राजदूतावास र बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

दूतावासले जारी गरेको सूचनामा भनिएको छ–केही दिनयता लेबनानमा विकसित परिस्थितिका सन्दर्भमा लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध छ । साथै, कुनै समस्या परेमा नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्य दूतावासका देहायअनुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ । 

दूतावासले कायरोस्थित दूतावासका द्वीतिय सचिव दीपक घिमिरेलाई +२०१०९७७७२३४८ र त्रितीय सचिव माधवराज काफ्लेलाई +२०१००२५०५९९७ नम्बरमा फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्न आग्रह गरेको छ । यस्तै, बेरुतस्थित अवैतनिक महावाणिज्यदूत मोहम्मद गोजायललाई +९६१३३०११८१/  +९६१७१६८८८२१/ +९६१८१८८३७१३ मा फोन गर्न आग्रह गरिएको छ । पछिल्लो समय इजरायलले लेबनानको विद्रोही समूह हिज्बुल्लाहविरुद्धको आक्रमणलाई तीब्र बनाइरहेको छ । 
 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७